०९ माघ २०८१

खेलकुद

एशिया कप क्रिकेट ,, नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौँ, १३ भदौ ,,   एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३...बाँकी अंश →


एसियन गेम्स ,, नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ,,    इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट...बाँकी अंश →


गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै

ललितपुर, ११ भदौ ,,    गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →


पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा

कराची, ८ भदौ ,,   पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ । पुर्व क्रिकेटर समेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो । पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाउनु भएको छ ।...बाँकी अंश →


नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ८ भदौ ,,   एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४...बाँकी अंश →


एशियाली खेलकूद ,, भलिबलमा कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ ,,   इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि...बाँकी अंश →


तेस्रो टेस्ट भारतले २०३ रनले जित्यो

नटिङ्घम, ६ भदौ ,,  भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ । जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट...बाँकी अंश →


नेपाल ६७ रनले विजयी

काठमाडौँ, ६ भदौ ,, श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका...बाँकी अंश →


अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ ,,  इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिनुभयो । आफूलाई पनि...बाँकी अंश →


नेपाल समूहचरणबाटै बाहिरियो

काठमाडौँ, ३ भदौ,   अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो ।...बाँकी अंश →


एशियाली खेलकूद,, नेपाल क्वार्टर फाइनलमा

काठमाडौँ, ३ भदौ ,,  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिनुभयो । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा...बाँकी अंश →


एशियाड ,, आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ ,,   इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter