०९ माघ २०८१

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल ः थ्री स्टार विजयी

काठमाडौँ, २५ असोज,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क...बाँकी अंश →


शहीद स्मारक ए डिभिजन ,, फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज,,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ । यही असोज...बाँकी अंश →


फुटबल टोलीलाई जनही पचास हजार

काठमाडौँ, २४ असोज,,   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही...बाँकी अंश →


एशिया कप छनोटः नेपालबाट भुटान पराजित

काठमाडौँ, २३ असोज,,  मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र...बाँकी अंश →


नेपाल चौथो जितको खोजीमा

काठमाडौँ, २३ असोज ,,   आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा...बाँकी अंश →


विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २२ असोज,,   आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई...बाँकी अंश →


राष्ट्रिय महिला भलिबल मङ्गलबारदेखि

बागलुङ, २२ असोज,,   नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला...बाँकी अंश →


नौलीन टेनिस मङ्गलबारदेखि

काठमाडौँ, २२ असोज,,   जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ । बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही असोज २७ गतेसम्म सञ्चालन हुनेछ । सङ्घको...बाँकी अंश →


राष्ट्रिय टोली फर्कियो

काठमाडौँ, २१ असोज,,   बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–०...बाँकी अंश →


नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज,,   आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव...बाँकी अंश →


फाइनलमा चितवन टाइगर्स र एपिएफ भिड्दै

काठमाडौँ, १७ असोज,,   सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो...बाँकी अंश →


नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ, १६ असोज,,   डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter