१० माघ २०८१

खेलकुद

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौँ, १४ कात्तिक,,   ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र...बाँकी अंश →


साफ यू–१५ मा नेपाल– बङ्गलादेश भिड्दै

काठमाडौँ, १२ कात्तिक ,,   साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।...बाँकी अंश →


महिला फुटबल टोलीको कप्तानमा थापा

काठमाडौँ, ९ कात्तिक,,   नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । थापाले घरेलु फुटबलमा...बाँकी अंश →


फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, ८ कात्तिक,,   फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आँै...बाँकी अंश →


नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक ,,   फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको...बाँकी अंश →


एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ७ कात्तिक,,   एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु...बाँकी अंश →


साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौँ, ६ कात्तिक,,   चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र...बाँकी अंश →


‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ, ६ कात्तिक,,   नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै...बाँकी अंश →


क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक ,,   अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्...बाँकी अंश →


एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ, ४ कात्तिक ،،   स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो...बाँकी अंश →


अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

काठमाडौँ, ३१ असोज (रासस) : नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो । नेपाली सैनिक टोलीबाट...बाँकी अंश →


विभागीय टोली सेमिफाइनलमा

बलेवा, २६ असोज,,   बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter