१९ माघ २०८१

प्रदेश

बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

राजापुर, २७ भदौ  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।...बाँकी अंश →


मनकामना केबलकार सञ्चालन

मुग्लिन, २७ भदौ  मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि...बाँकी अंश →


किशोरीमाथि सामूहिक बलात्कार

जलेश्वर, २७ भदौ  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो...बाँकी अंश →


एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् ः नेता रावल

अत्तरिया, २७ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय...बाँकी अंश →


प्रदेश विकासमा सरकार संवेदनशील छ

सुर्खेत, २७ भदौ  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उहाँले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाउनुभयो । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री...बाँकी अंश →


मानसरोवर कैलाश यात्रु हेलिकप्टरबाट

रसुवा, २७ भदौ  रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन्...बाँकी अंश →


सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौँडा, २७ भदौ    भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको...बाँकी अंश →


नेपाल भाषाका महाकवि सिद्धिदासको व्यक्तित्व र कृतित्वको चर्चा

काठमाडौँ, २७ भदौ  नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको हो । महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर...बाँकी अंश →


‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’ : पूर्वप्रधानमन्त्री खनाल

इलाम, २६ भदौ  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उहाँले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गर्नुभयो । उहाँले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित...बाँकी अंश →


दूधे बालिकाको मृत्यु

जलेश्वर, २७ भदौ  महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा...बाँकी अंश →


सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

सुरुङ्गा, २१ भदौ    झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता...बाँकी अंश →


प्रवक्ताको गाडी आगजनी

भीमदत्तनगर, २७ भदौ  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter