हेटौँडा २९ भदौ जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ...बाँकी अंश →
भक्तपुर, २९ भदौ गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो...बाँकी अंश →
डोटी, २९ भदौ तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर...बाँकी अंश →
बैतडी, २९ भदौ बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उहाँले बताउनुभयो । लामखुट्टेको टोकाइबाट...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २९ भदौ जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग...बाँकी अंश →
विराटनगर, २९ भदौ डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका...बाँकी अंश →
रसुवा, २९ भदौ पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र...बाँकी अंश →
खोटाङ, २९ भदौ स्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो ।...बाँकी अंश →
तुलसीपुर, २९ भदौ दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । असहाय बाल विकास नेपाल बिजौरीले शनिबार दीपेन्द्र मावि मानपुरमा आयोजना गरेको शिविरमा एक हजार ३०० बढीले सेवा लिएका हुन् । संस्थाका अध्यक्ष विष्णु चौधरीका अनुसार दाँतका १३०, आँखाका २१९, रगत परीक्षण ७५,...बाँकी अंश →
कोहलपुर, २९ भदौ बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार...बाँकी अंश →
चितवन, २९ भदौ पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई...बाँकी अंश →
भक्तपुर, २९ भदौ हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ । अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: