मिक्लाजुङ, ३० भदौ रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै आइतबार पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताउनुभयो । रानीटार...बाँकी अंश →
ललितपुर, ३० भदौ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको...बाँकी अंश →
डोटी, ३० भदौ जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको...बाँकी अंश →
सप्तरी, ३० भदौ सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ...बाँकी अंश →
मुग्लिन, ३० भदौ चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी...बाँकी अंश →
जिरी, ३० भदौ दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो । कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८०...बाँकी अंश →
तुलसीपुर, ३० भदौ दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९ कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यकाे प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घाेषणा गरिएकाे हाे । कपिलवस्तु जिल्लालाई नै यही भदाैं ३१ गते...बाँकी अंश →
बैतडी, २९ भदौ बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो ।...बाँकी अंश →
काठमाडौँ, २९ भदौ साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात्...बाँकी अंश →
काठमाडौँ, २९ भदौ ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताउनुभएको छ । काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिनुभयो । बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री...बाँकी अंश →
धम्बोझी, २९ भदौ प्राकृतिक प्रकोपको क्षति कम गर्न २०७१ सालदेखि काम गरिरहेको कर्णाली नदी व्यवस्थापन आयोजनाले बजेट र कर्मचारीको अभाव हुँदा पनि कामलाई निरन्तरता दिँदै आएको छ । नदी कटान र डुबानको चपेटाबाट राजापुर तथा गेरुवा नगरपालिकाका बासिन्दाले बर्सेनि भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएका थिए । कम बजेट र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: