बनेपा, ३१ भदौ व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष वीरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा ३० भन्दा बढी किसानले फूलखेती गर्दै आएका...बाँकी अंश →
खोटाङ, ३१ भदौ यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो ।...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको...बाँकी अंश →
भद्रपुर, ३१ भदौ झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताउनुभयो । उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा...बाँकी अंश →
कञ्चनपुर, ३१ भदौ मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार...बाँकी अंश →
कपिलवस्तु, ३१ भदौ नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, रु ५०...बाँकी अंश →
धनगढी, ३१ भदौ डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र...बाँकी अंश →
मध्यपुरथिमि, ३० भदौ मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि...बाँकी अंश →
काठमाडौँ, ३० भदौ यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।...बाँकी अंश →
फिक्कल, ३० भदौ इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: