१९ माघ २०८१

प्रदेश

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

काठमाडौँ, १ असोज  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम्...बाँकी अंश →


लोप हँुदै कोदोबाली

डोटी, १ असोज    जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा कोदोबाली विस्तारै लोप...बाँकी अंश →


छ ठाउँमा नयाँ खाद्य डिपोको प्रस्ताव

जाजरकोट, १ असोज    स्थानीयवासीलाई पायक पर्ने ठाउँमा खाद्यान्न आपूर्ति गर्न नसकिएकाले यहाँका छ ठाउँमा नयाँ डिपो राख्न प्रस्ताव गरिएको छ ।हाल रहेका डिपो पायक पर्ने ठाउँमा नहुँदा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन कठिन भएकाले नयाँ डिपो स्थापना गर्न प्रस्ताव गरिएको हो । जिल्लाको कुशे गाउँपालिका– ३को टापुचौर, जुनिचाँदे गाउँपालिका–७ को...बाँकी अंश →


सयपत्री फूलको व्यावसायिक खेती

दमक, १ असोज    झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष...बाँकी अंश →


सौर्य बत्तीले बजार झिलिमिली

जुम्ला, १ असोज  सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन...बाँकी अंश →


विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ

भरतपुर, १ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताउनुभयो । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भन्नुभयो”, “यसलाई...बाँकी अंश →


बुबाको हत्यापछि दर्जी परिवारको बिचल्ली

गलेश्वर, १ असोज  म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने...बाँकी अंश →


चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या

ओखलढुङ्गा, १ असोज  ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन्...बाँकी अंश →


समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका...बाँकी अंश →


‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ, १ असोज  काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश...बाँकी अंश →


सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध

सोलुखुम्बु, १ असोज    निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जाँदा...बाँकी अंश →


१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन, १ असोज  सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter