बागलुङ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको...बाँकी अंश →
दमक । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट...बाँकी अंश →
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना...बाँकी अंश →
राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैको समान अधिकार र सम्मानका लागि आफू सदैव सक्रिय रहने बताउँनु भएकाे छ । मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं. प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम...बाँकी अंश →
बर्दिवास, १७ चैत (रासस) ः महोत्तरी जिल्लामा १८ हजार ९२४ अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । जिल्ला समन्वय समिति महोत्तरीसँगको समन्वयमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले सन् २०१७ को वार्षिक प्रतिवेदन जारी गर्दै आज बर्दिवासमा यो तथ्यांक सार्वजनिक गरेको हो । सन् २०१६ देखि खासगरी दृष्टिविहीनको पुनःस्थापनका लागि...बाँकी अंश →
रुपन्देही, १७ चैत (रासस)ः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था बारे जानकारी लिनु भएको छ । अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रसूति र इर्मजेन्सी विभागमा मन्त्री अर्यालले निरीक्षण गर्दै अस्पतालले दिएको सेवा सुविधाका विषयमा बिरामीसँग कुरा गर्नुभएको थियो । सो अवसरमा उहाँले कर्मचारीलाई...बाँकी अंश →
कञ्चनपुर, १७ चैत (रासस) ः प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताउनुभएको छ । वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले प्रदेशमा रु २५ करोडको तरकारी भारतबाट...बाँकी अंश →
कालीकोट, १७ चैत (रासस) ः कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ । रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका...बाँकी अंश →
लहान, १७ चैत (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...बाँकी अंश →
हेटौँडा, १७ चैत (रासस) ः प्रदेश नं ३ को संसद् बैठकमा सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित गर्न बनाइएको विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको छ । शुक्रबार साँझ प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको संसद् बैठकमा दुई विधेयक चार संशोधनसहितका प्रस्तावमाथि छलफल भएर पारित भएको हो । सार्वजनिक...बाँकी अंश →
पोखरा, १७ चैत (रासस) ः प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने...बाँकी अंश →
जनकपुरधाम । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरू आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरूले जुलुस निकाल्न खोजेपछि बिहीबार पटकपटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रहरीले दुईपटक ई–रिक्सा सञ्चालकहरूमाथि सामान्य लाठी चार्जसमेत गरेको छ । विरोधमा नगरभित्र जुलुस निकाल्न जनकपुरको बाह्रबिघा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: