०९ माघ २०८१

प्रदेश

प्रहरीद्वारा नवमजनु सफाया अभियान

वीरगञ्ज, २४ चैत (रासस)ः प्रदेश नं २ को पर्सा जिल्लामा बलात्कारको घटना बढ्दै गएपछि पर्सा प्रहरीले यस्ता घटनाको न्यूनीकरण गरी अपराधीलाई कारबाहीको दायरामा ल्याउन नवमजनु सफाया अभियान शुरु गरेको छ । क्याम्पस तथा विद्यालय पढ्न जाने घरमा एक्लै भएको मौका छोपी छात्रालाई जिस्क्याउने अश्लिल हर्कत गर्ने तथा जबरर्जस्तीकरणी गर्ने जस्ता...बाँकी अंश →


चैनपुरबाट मोटरबाटोले गुफापोखरी जोडिँदै

संखुवासभा, २३ चैत (रासस) ः गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी गुफापोखरी सडकखण्डअन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको छ । चैनपुर नगरपालिकाको रु १५ लाख बजेटबाट सो खण्डको करीब नौ...बाँकी अंश →


वैशाखदेखि रारामा फ्रि वाइफाई

सुर्खेत, २२ चैत (रासस) ः कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा...बाँकी अंश →


विदुर नपाद्वारा एकैदिन सत्र कानून जारी

नुवाकोट, २२ चैत (रासस) ः विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ । विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार नगरपालिकाको वडा नं ११...बाँकी अंश →


सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या

सिन्धुली, २२ चैत (रासस) ः सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो । वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा...बाँकी अंश →


झगडापछि बुहारीले घर जलाइन्

खोटाङ, २२ चैत (रासस) ः ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने...बाँकी अंश →


महोत्तरीमा महिलाको विभत्स हत्या

गौशाला, २२ चैत (रासस) ः महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो । सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४...बाँकी अंश →


साँफे—मार्तडी सडक सुचारु

बाजुरा, २० चैत मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर...बाँकी अंश →


मलेशियामै रोकियो परियारको शव

बेनी, म्याग्दी, २० चैत (रासस) ः रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा...बाँकी अंश →


शताब्दी पुरुष जोशीलाई सवारी र सुरक्षाकर्मी

ललितपुर ।  ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता...बाँकी अंश →


शिकारमा रमाउँदै विदेशी

बागलुङ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको...बाँकी अंश →


मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक ।  काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter