०९ माघ २०८१

प्रदेश

माओवादी केन्द्रका तौलिहवाबाट एक कार्यकर्ताको अपहरण

कपिलवस्तु, २८ चैत (रासस) ः नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ । सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले...बाँकी अंश →


भौतिक संरचना भत्काउन एक साताको समय

वीरगञ्ज, २८ चैत (रासस): वीरगञ्जलाई समुन्नत शहर बनाउन व्यापारिक मार्ग योजना कार्यालय सिमराले गण्डक चोकदेखि पथलैयासम्म २० किलोमिटर सडक विस्तार गर्ने योजनाअन्तर्गत सो क्षेत्रमा रहेका निजी घर, उद्योग तथा भौतिक संरचना भत्काउन एक साताको समय सीमा तोकेको छ । आगामी सोमबारसम्म सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५÷२५ मिटर जग्गा अधिग्रहण गर्न सो...बाँकी अंश →


युद्धका घाउमा मलहम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमिँदै

लिबाङ, रोल्पा, २८ चैत (रासस) ः सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले...बाँकी अंश →


कलैया सुगरमिल घटनामा परी एकको मृत्यु, नौ घाइते

कलैया, २७ चैत (रासस) ः बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा...बाँकी अंश →


कपडा सहित सिन्धुलीका एक व्यापारी कपिलवस्तुमा पक्राउ ।।

सनिउल्ला धोबी, कपिलवस्तु चैत २७ कृष्णनगर प्रहरीले भन्सार छलीका ठूलो परिमाणको कपडा बरामद गरेको छ । साथै कपडा व्यापारी समेत पक्राउ परेका छन् । अर्काको नामको पुरानो भ्याटबिलमा मिति सच्याई भारतबाट अबैध रुपमा भन्सार छली गरी कपडा नेपाल भित्राएको भन्दै विशेष सुराकीका आधारमा प्रहरीले कपडासहित सिन्धुलीका एकजनालाई पक्राउ गरेको हो...बाँकी अंश →


प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा, २७ चैत ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो । प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार...बाँकी अंश →


वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

कञ्चनपुर, २७ चैत (रासस) ः नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका...बाँकी अंश →


जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, २७ चैत (रासस) ः तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्यूटावर

धनकुटा, २६ चैत (रासस) ः धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्यूटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु,...बाँकी अंश →


मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

पोखरा, २६ चैत (रासस)ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य...बाँकी अंश →


सहकारी स्थानीय तहलाई हस्तान्तरण

डेल्धुरा, २६ चैतजिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी अंश →


पाँच वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर, धनुषा, २६ चैत  धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter