१२ फागुन २०८१

प्रदेश

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

फलेवास, पर्वत, ११ वैशाख (रासस) ः प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् । सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी,...बाँकी अंश →


घुस रकमसहित राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

बर्दिवास, १० वैशाख ९रासस० ः महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार...बाँकी अंश →


सिरहा युवा संजाल द्वारा छात्रवृत्ति प्रदान

सिरहा युवा संजालद्वारा अायोजना गरिएको छात्रावृत्ति कार्यक्रम-२०७५ आज बैशाख १०गते बिदद्यार्थी हरुको नामावली सार्वजनिक गरेको छ। यस कार्यक्रमले सिराहा जिल्लाको विभिन्न स्थानका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।ती बिधार्थीहरुलाइ गोलबजार क्षेत्रको ख्याती प्राप्त बिधालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर , रजिस्ट्रेसन दस्तुर , ) बाहेक अन्य...बाँकी अंश →


यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो

ललितपुर, १० वैशाख (रासस): यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो । यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए...बाँकी अंश →


प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

चितवन, ९ वैशाख (रासस):  ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको...बाँकी अंश →


प्रदेश नं ७ : विधेयक तर्जुमा गर्न स्वीकृति

धनगढी, ९ वैशाख (रासस): प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । यस्तै स्थानीय तहको...बाँकी अंश →


दाइजो बिना विवाह गर्नाले विवाहित जोड़ी सम्मानित

राजविराज, ८ वैशाख ।   मधेश–मिथिलाको ठूलो समस्याको रुपमा विकसित हुँदै गएको कुप्रथा दाइजोलाई चुनौती दिँदै एक शिक्षित जोडी शुक्रवार बैवाहिक बन्धनमा बाँधिएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका–४ हाल राजविराज नगरपालिका–६ निवासी श्री विजयनारायण साहकी सुपुत्री काजल साह र महोत्तरीको भंगहा नगरपालिका–३ का गणेश साहका सुपुत्र ईं श्रवण कुमार साह...बाँकी अंश →


सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख (रासस): बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६०...बाँकी अंश →


प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण

बेनी, म्याग्दी, ९ वैशाख (रासस): म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ...बाँकी अंश →


भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

बनियानी, झापा, ९ वैशाख (रासस): झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार...बाँकी अंश →


राष्ट्रिय पर्व ईद बक्रईदलाई बिदा कटौतीको बिरोधमा स्याङ्गजामा प्रदर्शन

स्याङ्गजा (केयर खबर ) राष्ट्रिय पर्वका रुपमा स्थापित भैसकेको मुस्लिम समुदायहरुको पर्व ईद बक्रईद र मोहम्मद जयन्तिको राट्रिय बिदा कटौती गरेको बिरोधमा स्याङ्गजाका मुस्लिमहरुले आवाज उठाउने साहस गरेकाछन आज मुस्लिम संघ स्याङ्गजा र स्याङ्गजावासी मुस्लिम बुबा दाजुभाई हरुले प्रदर्शन जुलुस निकालेका छन ,  बर्तमान सरकारले गरेको यो निर्णय फिर्ता लिने...बाँकी अंश →


विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली, ८ वैशाख (रासस):  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter