१२ फागुन २०८१

प्रदेश

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख (रासस) ः भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको...बाँकी अंश →


कालाजग्रा पर्यटन पदमार्ग निर्माण

बाजुरा, १४ वैशाख (रासस) ः बाजुराको बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजग्रा जानका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाभित्र रहेको पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि पदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताउनुभएको छ । कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहिआएको गुफाताल अवस्थित...बाँकी अंश →


दाङमा १५ जना औलोरोगका बिरामी फेला

तुलसीपुर, दाङ, १४ वैशाख (रासस) ः दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा...बाँकी अंश →


कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र ।। बिभिन्न कार्यक्रम गरि अन्र्तराष्टिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने ।

कपिलबस्तु बैशाख ११ शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडा स्थल कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था जिवन ब्यतित गरेको प्राचिन कपिलबस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्धजयन्तीको तयारीलाई तीव्रता दिइएको हो । २५ सय ६२ औं...बाँकी अंश →


नागरिकता माग गर्दै प्रशासनमा ज्ञापन

लुम्बिनी, १३ वैशाख (रासस) ः जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनुपर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले...बाँकी अंश →


बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १३ वैशाख (रासस) ः प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटका सिद्धान्त प्रस्तुत गर्ने क्रममा चालु आवको बाँकी अवधिका लागि सरकारले प्रस्तुत गरेको...बाँकी अंश →


नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

खजुरा, बाँके, १३ वैशाख (रासस) ः आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख...बाँकी अंश →


ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

बाबियाचौर, म्याग्दी १२ वैशाख (रासस)  जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ । माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न लागेको हो । प्राविधिक र विज्ञको टोलीले गर्ने...बाँकी अंश →


बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

गौशाला, १२ वैशाख (रासस) ः महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । धनुषा जिल्लाको खरिहानी...बाँकी अंश →


फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज, ११ वैशाख (रासस): नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । आयोगको कार्यालय...बाँकी अंश →


पत्रकार आरसी यादव माथि हमला

  आज करीब एघार बजे बिंदास रेडियो ९४.८ का संचालक एवं ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल का प्रदेश नं दुई का संयोजक आरसी यादव माथि फोरम पार्टी कार्यकर्ता द्वारा आक्रमण भएको छ । लोकतन्त्र दिवसकै म माथि हमला हुनु लोकतन्त्र को उपहास भएको महसूस आरसी यादवले बताएका छन । संचारकर्मी उद्धमी...बाँकी अंश →


सीमा अपराध रोक्न संयुक्त गशती

गौशाला, ११ वैशाख (रासस) ः महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् । लागुऔषध ओसारपसार,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter