१९ फागुन २०८१

प्रदेश

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर...बाँकी अंश →


बलात्कार आरोपमा १४ वर्ष कैद

स्याङ्जा, ८ असोज  एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो...बाँकी अंश →


कपिलवस्तु को कृष्णनगरमा सुरक्षा निकायकाे समवन्यमा सुरक्षा व्यवस्था कडा 

  अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु, असोज ७ कपिलवस्तु को कृष्णनगर मताहत का क्षेत्रमा नजिकै रहेको दशै र तिहार लाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आ-आफ्नो कार्यक्षेत्र मा रही निगरानी बढाएका छन्। शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन्। दशै तिहार लाई लक्षित गर्दै सशस्त्र प्रहरीले...बाँकी अंश →


दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

फिक्कल, ६ असोज  इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर...बाँकी अंश →


चट्याङ लागेर एकको मृत्यु

पर्सा, ५ असोज  वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते...बाँकी अंश →


मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज  सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् ।...बाँकी अंश →


बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास

धनुषा, २ असोज  एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । बुधबार...बाँकी अंश →


बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

खोटाङ, २ असोज  लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न...बाँकी अंश →


भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर, २ असोज  देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो...बाँकी अंश →


पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

काठमाडौँ, २ असोज  नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश...बाँकी अंश →


सगरमाथा संवादको तयारीका लागि राष्ट्रिय गोष्ठी

काठमाडौँ, १ असोज    सरकारले आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तरराष्ट्रियस्तरको सगरमाथा संवादको तयारीका लागि सम्बन्धित विज्ञका सुझाव लिन राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरेको छ । उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, राजनीतिक नेतृत्व, सरकारी अधिकारीलगायत सरोकारवालासँग परराष्ट्र मन्त्रालयले आज राजधानीमा सो गोष्ठी आयोजना गरेको...बाँकी अंश →


यस्तो बन्दै छ सङ्घीय संसद् भवन

काठमाडौँ, १ असोज    विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ । सिंहदरवार परिसर पुतली बगँैचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो । विसं २०५५ बाट असार ८...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter