लहान, २४ वैशाख (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले...बाँकी अंश →
पर्सा, २४ वैशाख (रासस) ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको...बाँकी अंश →
नवलपरासी, २४ वैशाख (रासस) ः पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो...बाँकी अंश →
नेपालगंज बैसाख २४ , आमाको नामबाट नागरिकता पाउनु पर्न माग गर्दै थर्ड एलायन्सको कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलास देखि सर्बोच्च अदालत सम्म पुगे पछि सर्बोच्चको आदेश पछि बर्दियाकि श्वेता श्रीवास्तव ले हिजो जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आमाको नामबाट नागरिकता पाउन सफल भएकि हुन । थर्ड एलायन्सले नागरिकता पिडितहरुलाई निशुल्क कानुनि...बाँकी अंश →
विराटनगर, २३ वैशाख (रासस) ः प्रदेश नं १ को प्रदेशसभाको बैठकमा आज ‘जिल्लासभा सञ्चालनका लागि कार्यविधि विधेयक–२०७५’ पारित भएको छ । यही वैशाख २० गते प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले टेबुल गर्नु भएको सो विधेयक आजको बैठकबाट संशोधनसहित पारित भएको हो । सभामुख प्रदीप भण्डारीले सदनमा विधेयक...बाँकी अंश →
काठमाडौँ, २३ वैशाख (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज...बाँकी अंश →
चितवन, २३ वैशाख (रासस) ः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको...बाँकी अंश →
रुपन्देही, २३ वैशाख ९रासस० ः लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ग्यास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिनुभयो । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको...बाँकी अंश →
गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →
लहान, २३ वैशाख (रासस) ः सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक,...बाँकी अंश →
इटहरी, २३ वैशाख (रासस) ः राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ । नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या लैङ्गिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार...बाँकी अंश →
काठमाडौँ,२३ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: