नुवाकोट, २६ वैशाख (रासस) ः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान...बाँकी अंश →
पोखरा, २५ वैशाख (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय...बाँकी अंश →
दाङ, २५ वैशाख (रासस) ः जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ...बाँकी अंश →
राजविराज, २५ वैशाख (रासस) ः सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ । शिक्षक...बाँकी अंश →
नगरकोट, २५ वैशाख (रासस) ः रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् । रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी क्युरियोका वस्तुसमेत बनाउन सकिने भएपछि युवा सो तालीमप्रति आकर्षित भएका हुन् । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरद्वारा सञ्चालित १५ दिने...बाँकी अंश →
चितवन, २५ वैशाख (रासस) ः भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ...बाँकी अंश →
सुर्खेत, २५ वैशाख (रासस) ः जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता...बाँकी अंश →
सुर्खेत, २५ वैशाख (रासस) ः कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ...बाँकी अंश →
गौशाला, २५ वैशाख (रासस) ः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका...बाँकी अंश →
पथरी, मोरङ, २५ वैशाख (रासस) ः दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गर्नुभएको हो । एघार महिनाअघि...बाँकी अंश →
गाईघाट, उदयपुर, २५ वैशाख (रासस) ः संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको...बाँकी अंश →
रौतहट २५ बैसाख रौतहटका ६ सय बाढी पिडित घरपरीवारलाइ कतार च्यारेटीको सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल आरडिसीले सस्थाले छाना छाउने जस्तापाता बितरण गरीएको छ । एक परीवार लाइ ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको छ रौतहट जिल्लाको गौर , राजपुर,परोहा नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउपालिकाका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: