गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →
आठराई, तेह्रथुम, २८ वैशाख (रासस) क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने...बाँकी अंश →
बैशाख २८//काठमांडौ भूकम्पपीडित अनाथ विद्यार्थि हरुलाई शिक्षा हासिल गर्न निरन्तरता दिने उद्देश्यले आज हेल्थ सर्विस रिलीफ असोसियेशन(हेसरा)ले शैक्षणिक समानहरू वितरण गरेको छ । शांतिकुंज हालमा आयोजित ‛ओरपेन्ज सपोर्ट प्रोग्राम’ कार्यक्रममा २सय पचास अनाथ तथा भूकम्पपीडित विद्यार्थि हरुलाई हेल्पिंग हैण्डस यू एस ए को आर्थिक सहयोगमा स्टडी किट्स वितरण गरी बिद्यार्थीहरुलाई...बाँकी अंश →
धनकुटा, २७ वैशाख (रासस) प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । पार्टी सरकारमा हुँदा प्रदेश नं...बाँकी अंश →
चितवन, २७ वैशाख (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा...बाँकी अंश →
नेपालगञ्ज, २६ वैशाख (रासस)ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ । आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई...बाँकी अंश →
पथरी, मोरङ, २६ वैशाख (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ । सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो । वाम गठबन्धनको सरकार दुईतिहाई...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार्नसक्ने भन्दै यस्तो...बाँकी अंश →
भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →
दार्चुला, २६ वैशाख (रासस) ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर...बाँकी अंश →
विराटनगर, २६ वैशाख (रासस) ः विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो । अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी वृत्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: