त्रिशूली, नुवाकोट, २८ वैशाख(रासस)ः बर्खाेका सयममा सबै सडकमा सहज रुपमा यातायात सञ्चालन गराउनका स्थानीय प्रशासनले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने तीन नाकाका सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको र सामान्य वर्षामा समेत सवारी चलाउन समस्या आउन थालेकाले आउँदो वर्षात्लाई ध्यानमा राखेर पूर्वतयारी गर्न जिल्ला प्रशासन...बाँकी अंश →
जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको...बाँकी अंश →
काठमाडौँ, २८ वैशाख (रासस) ः आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । –––बाँकी अंश →
काठमाडौँ, २८ वैशाख (रासस) ः वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एमनेष्टी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन...बाँकी अंश →
बाजुरा, २८ वैशाख (रासस) ः बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । “आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो ।...बाँकी अंश →
जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन...बाँकी अंश →
दाङ, २८ वैशाख (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका...बाँकी अंश →
सुर्खेत, २८ वैशाख (रासस) ः विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । तिला गाउँपालिका जुम्लाद्वारा आयोजित उक्त दुईदिने प्रशिक्षण कार्यक्रममा ‘तीक्ष्ण स्मरण शक्तिका राजा’ भनेर चिनिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डर्स’का युवा अर्पण शर्माले...बाँकी अंश →
भक्तपुर, २८ वैशाख (रासस) ः वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला...बाँकी अंश →
धनगढी,२८ वैशाख (रासस)ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । यो सीमा...बाँकी अंश →
गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →
आठराई, तेह्रथुम, २८ वैशाख (रासस) क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: