१० माघ २०८१

प्रदेश

किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

खोटाङ, ३० वैशाख (रासस) ः किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गर्नुभएको...बाँकी अंश →


जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी

बाबियाचौर, म्याग्दी ३० वैशाख (रासस) ः बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी...बाँकी अंश →


दुईवटा भारतीय ट्रकमा आगजनी

मलेखु, धादिङ, ३० वैशाख (रासस) ः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...बाँकी अंश →


भरतपुरमा बम विस्फोट

रत्ननगर, चितवन, ३० वैशाख (रासस) ः चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय...बाँकी अंश →


महेन्द्रनगरबाट छुटेको बस दुर्घटना ः पाँच जनाको मृत्यु

भीमदत्तनगर, ३० वैशाख (रासस) ः कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु...बाँकी अंश →


राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन ः काँग्रेस प्रवक्ता शर्मा

दमक, २९ वैशाख (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र...बाँकी अंश →


सवारी चालक अनुमतिपत्र नवीकरणमा सहजता

विराटनगर, २९ वैशाख (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उहाँले जनताले घण्टौँ लाइनमा बस्नु पर्नेलगायतका...बाँकी अंश →


हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, २९ वैशाख (रासस) ः कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल...बाँकी अंश →


काँग्रेसको महिला भेला सम्पन्न

इटहरी, २९ वैशाख (रासस) ः नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ । काँग्रेस सुनसरीका ं प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उहाँकै संयोजकत्वमा २३ सदस्यीय महिला विभाग गठन गरेको हो...बाँकी अंश →


समाजवादका जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

पाँचथर, २९ वैशाख (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज बिहान राससकर्मीसित कुरा गर्दै उहाँले भन्नुभयो, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा...बाँकी अंश →


करोडौँ मूल्यमा बुद्ध धर्मग्रन्थ बेच्न लैजाँदै गर्दा पक्राउ

काठमाडौँ, २८ वैशाख (रासस) नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...बाँकी अंश →


संघीयताले देशको अस्तित्व समाप्त पार्छः नेता केसी

पोखरा, २८ वैशाख (रासस) राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताउनुभएको छ । जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको साताँै राष्ट्रिय सम्मेलनको यहाँ आज उद्घाटन गर्दै उहाँले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताउनुभयो । मुलुकमा रोजगारीको सिर्जना गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter