१८ माघ २०८१

प्रदेश

पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

काठमाडौँ, ९ असोज  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार,...बाँकी अंश →


लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ९ असोज  प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र...बाँकी अंश →


डुबेर एकको मृत्यु

जाजरकोट, ९ असोज  भेरी नगरपालिकाको निर्माणाधीन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१ मैदेका अन्दाजी ४५ वर्षीय लोकबहादुर राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सदरमुकाम खलङ्गामा लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागि बनाएको खाडलमा डुबेको...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु, खोलामा खसेर एक जना बेपत्ता

म्याग्दी, ९ असोज  म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा...बाँकी अंश →


बु्रमर सञ्चालनको पाँच महीना ः सडकको अवस्था उस्तै

काठमाडौँ, ९ असोज    काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’

न्यूयोर्क, ९ असोज  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा आजको बैठक...बाँकी अंश →


सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो ः अध्यक्ष श्रेष्ठ

कास्की, ९ असोज  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा...बाँकी अंश →


एघार सय घरधुरीलाई पुनःनिर्माणमा सहयोग

बनेपा, ९ असोज  भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।...बाँकी अंश →


भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ ः परराष्ट्रमन्त्री

न्यूयोर्क, ९ असोज    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो ।...बाँकी अंश →


नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ९ असोज  नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो...बाँकी अंश →


कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

चिप्लेढुङ्गा, ९ असोज  चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ । पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।...बाँकी अंश →


चामल उद्योगलाई रु ५० हजार जरिवाना

बाँके, ९ असोज  मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter