१३ फागुन २०८१

प्रदेश

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

बागलुङ, ३ जेठ (रासस) हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार...बाँकी अंश →


सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप

ललितपुर, ३ जेठ (रासस) नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । “अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उहाँले भन्नुभयो । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म...बाँकी अंश →


प्रदेशसभामा पूर्व बजेट प्रस्तुत

हेटौँडा, ३ जेठ केयर खबर / प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत...बाँकी अंश →


सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र पत्रकारलाई सूचना दिन निर्देशन

भक्तपुर, ३ जेठ/ केयर खबर महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आउनुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिनुभएको छ । उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले...बाँकी अंश →


सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालयसँग २७ बुँदे सम्झौता

भक्तपुर, ३ जेठ केयर खबर : सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार...बाँकी अंश →


आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा, ३ जेठ (रासस) काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ ।...बाँकी अंश →


भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

नवलपरासी, ३ जेठ (रासस) पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाँै आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन् । गण्डक सम्झौताको...बाँकी अंश →


संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

केयरखबर,जेष्ठ ३// बिराटनगर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो...बाँकी अंश →


कपिलवस्तु को चन्द्रौटा मा आग लागी पसल हरु जलेरा स्वाहा

कपिलवस्तु  ३ जेष्ठ चन्द्रौटा खान घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग जलेर नष्ट भएका छन । विहान २ बजे तिर आगो लागेको थाह भएको घर धनि रसिद खानले बताए । आगो विहान ५...बाँकी अंश →


डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

दुनै, डोल्पा, ३ जेठ (रासस)  जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत...बाँकी अंश →


फौजदारी अभियोग लागेमा स्वतः निलम्बन: राप्रपा

काठमाडौँ, ३ जेठ (रासस)  राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिनुभयो । यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा...बाँकी अंश →


धादिङको दुर्घटनामा एकको मृत्यु

मलेखु, धादिङ, ३ जेठ (रासस)  कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबँेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter