१३ माघ २०८१

प्रदेश

चुलाचुली गाउँपालिकाबाट बन्दुकसहित पाँचजना पक्राउ

मंगलबारे, इलाम, ५ जेठ (रासस)  प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

काठमाडौँ, ५ जेठ(रासस): सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र...बाँकी अंश →


पर्यटन प्रवद्र्धन अभियान शुरु

रत्ननगर, चितवन, ५ जेठ (रासस)  जिल्लाको पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनले अभियान शुरु गरेको छ । संघको पर्यटन समितिले जिल्लाका सबै पर्यटन क्षेत्रको अभिलेख तयार गर्नेगरी प्रर्वद्धनात्मक अभियान थालेको हो । सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेकाले त्यसलाई साकार पार्न काम थालिएको...बाँकी अंश →


भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न

काठमाडौँ, ५ जेठ (रासस) स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य...बाँकी अंश →


नुवाकोट शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, ५ जेठ (रासस) मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक...बाँकी अंश →


श्रीमतीको हत्या

सिन्धुली, ५ जेठ (रासस) सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले...बाँकी अंश →


किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ (रासस)  नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ । नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर...बाँकी अंश →


छुवाछुतको घटनामा मिलापत्र

धनगढी, ५ जेठ (रासस) कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र...बाँकी अंश →


दुईको मृत्यु

रुकुम, ५ जेठ (रासस)  रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त...बाँकी अंश →


नेकपा(माले) उद्गमस्थलमा एकताको उत्साह

उर्लाबारी, मोरङ, ५ जेठ (रासस) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा नेकपा (माले) को गठन भएको थियो...बाँकी अंश →


हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: शंकराचार्य

चितवन, ५ जेठ (रासस)  श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप...बाँकी अंश →


मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ (रासस)  उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter