२० फागुन २०८१

प्रदेश

विश्व बैंकको सहयोगः पूर्वाधार र क्षमता विकासलाई ५६ करोड

बलेवा, ९ असोज  बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →


बर्दिवास शैक्षिक केन्द्र बन्दै

महोत्तरी, ९ असोज  महोत्तरीको बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुराले गति लिएसँगै यस क्षेत्रमा उत्साह थपिएको छ । उच्च शिक्षामा एकपछि अर्को अवसरको सम्भावना बढ्दै गएपछि बर्दिवास अब शैक्षिक केन्द्र बन्ने कुराले यहाँका सर्वसाधारणमा उत्साह छाएको हो । गत वैशाखमा कार्यालय स्थापना भएको बर्दिवास मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)...बाँकी अंश →


छाडा चौपाया व्यवस्थापनमा चुनौती

नेपालगञ्ज, ९ असोज  नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ । गाई, साढे, सङ्गुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती...बाँकी अंश →


हरिशङ्कर र चारनारायण मन्दिर खु्ल्दै

ललितपुर, ९ असोज  पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणको काम सम्पूर्ण समाप्त भइसकेको छ । ढोकामा चुकुल हाल्ने, निर्माणका लागि जोडिएका सामग्री...बाँकी अंश →


वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

बागलुङ, ९ असोज  आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई...बाँकी अंश →


चार डाँका पक्राउ

धनुषा, ९ असोज  आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो । जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्सिङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले...बाँकी अंश →


काङ्ग्रेस कर्मशिल हुनुपर्छ ः नेता पौडेल

लमही, ९ असोज  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने...बाँकी अंश →


भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

सोलुखुम्बु, ९ असोज    जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले...बाँकी अंश →


शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

पाल्पा, ९ असोज  पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताउनुभयो । गएराति ११ बजेतिर उनको मृत्य भएको...बाँकी अंश →


खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँके, ९ असोज  बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि...बाँकी अंश →


दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा

महोत्तरी, ९ असोज  मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको...बाँकी अंश →


एउटै महिलाको दुई नागरिकता ः बाबु र ठेगाना फरक–फरक

स्याङ्जा, ९ असोज  यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०)े ठेगाना राखेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter