काठमाडौँ, ९ असोज अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा...बाँकी अंश →
रुकुमपूर्व, ९ असोज भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार...बाँकी अंश →
काठमाडौँ, ९ असोज ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा...बाँकी अंश →
चिप्लेढुङ्गा, ९ असोज पोखरा महानगरलाई तालैतालको शहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले शहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका पनि छन् तर बाँकी छ तालले भने संरक्षणको अभावमा आफ्नो अस्तित्वसमेत गुमाइरहेका...बाँकी अंश →
इलाम, ९ असोज इलाम नगरपालिका वडा नं १२ का राजिन राई १८ वर्ष मै खाडी मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिए पछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर राजिन मलेशिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेशिया पुगेपछि मात्र थाहा भयो । दुःख...बाँकी अंश →
पोखरा, ९ असोज लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा आगामी कात्तिक २९ र ३० गते ‘गिलुङ पर्यटन महोत्सव २०७६’ हुने भएको छ । महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आशिष)ले गाउँको पर्यटकीय विकासमा टेवा पु¥याउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा...बाँकी अंश →
राँझा, ९ असोज बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उहाँ माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका...बाँकी अंश →
बुटवल, ९ असोज पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई...बाँकी अंश →
लम्की, ९ असोज कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् । भजनीका किसानले एक दशक अघिदेखि...बाँकी अंश →
भैरहवा, ९ असोज ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं...बाँकी अंश →
हेटौंडा, ९ असोज आठ किलो चरेससहित पक्राउ परेका सुगौली नगरपालिका–१ का गिता राई र भक्तपुर थिमीबाट ह्यान्डिल लक तोडी चोरेर ल्याउँदै गरेको ल ५४प६०९८ नम्बरको मोटरसाइकलसहित रौतहटको चन्द्रपुर नगरपालिका–८ का अविनाश चौधरीलाई बिहीबार सार्वजनिक गर्दै मकवानपुर प्रहरी । अञ्जली थापाबाँकी अंश →
जलेश्वर, ९ असोज महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: