१८ माघ २०८१

प्रदेश

स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ ः उपराष्ट्रपति पुन

चितवन, १० असोज  उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताउनुभयो । “नागरिकलाई स्वस्थ बनाउन...बाँकी अंश →


व्यासको स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी

दार्चुला, १० असोज    व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उहाँले बताउनुभयो । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगँैचामा फलेको छ । “स्याउ पाक्ने...बाँकी अंश →


आलेख ः पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज    प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको...बाँकी अंश →


सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली, १० असोज  विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष...बाँकी अंश →


‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

काठमाडौँ, १० असार  प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उहाँले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल बहुजाति,...बाँकी अंश →


पुनःपरीक्षा गराइयो

गुल्मी, १० असोज  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर...बाँकी अंश →


पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह

भद्रपुर, १० असोज  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताउनुभएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र...बाँकी अंश →


‘निष्ठुरी’ सार्वजनिक

काठमाडौँ, १० असोज  गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक...बाँकी अंश →


दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान

अमरगढी, १० असोज  डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो । होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण...बाँकी अंश →


यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके, १० असोज  महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा...बाँकी अंश →


रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

परासी, १० असोज    भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार अभावमा ओझेलमा परेकाले नेपाल सरकारले पहिलो प्राथमिकता दिएर विश्वसम्पदा...बाँकी अंश →


दुई महीनामै रु ८३ लाखको खसी बिक्री

दमौली, १० असोज    नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter