गलेश्वर, १३ असोज असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र...बाँकी अंश →
चिप्लेढुङ्गा, १३ असोज साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५...बाँकी अंश →
गलकोट, १३ असोज बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा...बाँकी अंश →
बेनी, १३ असोज म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ । बेनी नगरपालिका–२ मा रहेको लभ्लीहिलमा पर्यटकको आगमन बढाउनको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको सो पदमार्गको आइतबार प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन भयो ।...बाँकी अंश →
सङ्खुवासभा, १३ असोज जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारवाहीमा परिरहेको बेला एक निर्माण व्यवसायी कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महीनाअघि नै काम सकाएर चर्चामा आएका छन् । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङरअरुण–बरुण जेभीले सम्झौता सकिने...बाँकी अंश →
दमौली, १३ असोज जिल्लाको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले शिलान्यास गर्नुभयो । वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण...बाँकी अंश →
लमजुङ, १३ असोज पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ । बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो । आइतबार...बाँकी अंश →
रुपन्देही, १३ असोज प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मसात गर्न अग्रह गर्नुभयो । उहाँले आधुनिक...बाँकी अंश →
लमही, १३ असोज रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गर्नुभयो । गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ...बाँकी अंश →
हेटौँडा, १२ असोज हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो । सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख...बाँकी अंश →
विराटनगर, १२ असोज कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले...बाँकी अंश →
राजविराज, १२ असोज नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ । विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको श्री कङ्कालनी भगवती मन्दिरमा भक्तजनको भीड लाग्न शुरु भएको छ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: