२० फागुन २०८१

प्रदेश

जागरण अभियानले कार्यकर्तामा ऊर्जा ः नेता कोइराला

चितवन, १३ असोज  नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभयो । महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उहाँको भनाइ...बाँकी अंश →


बैतडीमा जैतुनखेतीको विस्तार गरिने

बैतडी, १३ असोज    स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । केही वर्षअघि सम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्षयता देखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । विसं २०१९...बाँकी अंश →


विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

सर्लाही, १३ असोज  विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८...बाँकी अंश →


चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर, १३ असोज  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताउनुभएको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक...बाँकी अंश →


नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

काठमाडौँ, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ...बाँकी अंश →


प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट, १३ असोज  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा...बाँकी अंश →


अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

गाईघाट, १३ असोज  चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध...बाँकी अंश →


खसी, बोका बिक्री हुन सकेन

काठमाडौँ, १३ असोज  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु¥याउन छलफल भइरहेकाले मूल्य तोक्न...बाँकी अंश →


अविरल वर्षाले जनजीवन प्रभावित

लहान, १३ असोज  विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर...बाँकी अंश →


अत्याधुनिक पशु बधशाला निर्माण हुने

विराटनगर, १३ असोज  विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन...बाँकी अंश →


अपाङ्गता परिचयपत्र वितरण

पाल्पा, १३ असोज  रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो । जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५÷०७६ मा...बाँकी अंश →


मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

गोरखा, १३ असोज  गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter