२१ फागुन २०८१

प्रदेश

जीउँदो खसी, बोकाको मूल्य निर्धारण

काठमाडौँ, १३ असोज  सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १०...बाँकी अंश →


शाही घटना’ अनुसन्धान गर्न समिति गठन

चितवन, १३ असोज  भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस...बाँकी अंश →


वर्तमान संविधान जनताले निर्माण गरेको ः पूर्वसभामुख नेम्वाङ

इलाम, १३ असोज  पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन...बाँकी अंश →


३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

अमरगढी, १३ असोज  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका...बाँकी अंश →


शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज  तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै...बाँकी अंश →


मासु पसल मापदण्ड विपरीत

गुल्मी, १३ असोज  सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोवार गर्दै आएको पाइएको छ । अनुगमनका...बाँकी अंश →


सडक बनाउन माग गर्दै चक्काजाम

साँखु, काठमाडौँ, १३ असोज  साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र...बाँकी अंश →


व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव

काठमाडौँ, १३ असोज  नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य...बाँकी अंश →


दुर्गा मूर्तिमा सामान तस्करी !

बाँके, १३ असोज  भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो । दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि...बाँकी अंश →


झरीले खुम्च्यायो रहर

फिक्कल, १३ असोज    “न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै ग¥यो”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै थप्नुहुन्छ, “दशैँ पनि पूरै हिलाम्ये हुने भयो ।” वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दशैँ सँगैको झरीले राम्रो...बाँकी अंश →


दैनिक दुई हजार नेपाली घर फर्किंदै

भीमदत्तनगर, १३ असोज  दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको...बाँकी अंश →


हिमानीकलीको बच्चा जन्मियो

चितवन, १३ असोज    हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ । तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter