२२ फागुन २०८१

प्रदेश

गोबर ग्यास प्रयोगमा जोड

सुरुङ्ग, १६ असोज  विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन...बाँकी अंश →


बिदाको दिनमा पनि बजार अनुगमन

काठमाडौँ, १६ असोज    सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि...बाँकी अंश →


स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत

काभ्रेपलाञ्चोक, १६ असोज  जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ । स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेको छ । अनलाइन...बाँकी अंश →


बाढीपीडितलाई राहत वितरण

गलेश्वर, १६ असोज  असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला...बाँकी अंश →


मापदण्डविपरीत खोटो सङ्कलनले मासिँदै सल्लेरी

जाजरकोट, १६ असोज    जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो सङ्कलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको हो । नियमानुसार...बाँकी अंश →


पूर्वखोलाको सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

बेझाड, १६ असोज  सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसँगै गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत वडा घोषणा भएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानका रुपमा काम...बाँकी अंश →


ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा, १६ असोज  ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले...बाँकी अंश →


जङ्गली जनावरले धानबाली नष्ट

बाजुरा, १६ असोज  जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधँै जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो । जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक...बाँकी अंश →


औलागाउँमा चितुवाको आतङ्क

म्याग्दी, १६ असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताउनुभयो ।...बाँकी अंश →


थन्किए उपकरण, समस्यामा बिरामी

बाँके, १६ असोज  भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ...बाँकी अंश →


मापसे गरेर यात्रु बोक्ने चालक पक्राउ

काठमाडौँ, १६ असोज दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले...बाँकी अंश →


लागुऔषधसहित तीन पक्राउ

वालिङ, १६ असोज  लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter