महोत्तरी, २८ असोज दशैँपर्व कसैगरी टारेका महोत्तरी जिल्लाका कुमाल (माटाका भाडा बनाउने जाति समुदाय विशेष) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । लगातार परेका मुख्य चाडवाडको खर्च जुटाउन कुमालेको व्यस्तता अहिले बढेको छ । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने...बाँकी अंश →
सोलुखुम्बु, २८ असोज सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफँै सडकमा आएर सवारी जाँचको अनुगमन गर्नुभएको छ । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा...बाँकी अंश →
कावासोती, २८ असोज गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सोही सामुदायिक वनमा...बाँकी अंश →
काठमाडौँ, २८ असोज यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ ।तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा डा लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि...बाँकी अंश →
भरतपुर,२८ असोज पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार उद्यान शिलान्यास गर्नुभएको हो ।वनको आयआर्जनका लागि रु पाँच करोडको लागमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २८ असोज स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न...बाँकी अंश →
बेत्रावती, २८ असोज नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन...बाँकी अंश →
कास्की, २८ असोज पोखरामा यही असोज २९ गते ९अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन ९केएमइए०को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७...बाँकी अंश →
मुग्लिन, २८ असोज चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका–४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा उक्त कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार...बाँकी अंश →
भद्रपुर, २८ असोज पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ...बाँकी अंश →
पोखरा, २७ असोज तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा...बाँकी अंश →
खोटाङ, २८ असोज यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो । खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: