२२ फागुन २०८१

प्रदेश

अन्तिममा घोषणा, जिल्ला कमिटी मात्रै !

काभ्रेपलाञ्चोक, २९ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो । यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना...बाँकी अंश →


नेकपा सचिवालय बैठक जारी

काठमाडौँ, २९ असोज  पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ । नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान...बाँकी अंश →


आगलागीबाट क्षति

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →


पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

काठमाडौँ, २९ असोज    काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो ।...बाँकी अंश →


नगदसहित सात जुवाडे पक्राउ

मुग्लिन, २९ असोज  चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा...बाँकी अंश →


आगलागीबाट पाँच लाख बराबरको क्षति

सप्तरी, २९ असोज  सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।...बाँकी अंश →


चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

काठमाडौँ, २९ असोज  नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको...बाँकी अंश →


छुसाङमा मोटर चल्ने पुल निर्माण

म्याग्दी, २९ असोज  कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि...बाँकी अंश →


दुई विद्यालयमा तलब रोक्का

सिञ्जा, २९ असोज    चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा...बाँकी अंश →


शव नेपाल ल्याउन समस्या

गलकोट, २९ असोज  रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ । साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक...बाँकी अंश →


गाईखुरा महादेव मन्दिरमा भक्तजन वृृद्धि

चरिकोट, २९ असोज  दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।...बाँकी अंश →


दुई दशकदेखि थुनिएरै कोठामा

लमजुङ, २९ असोज    यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् । उहाँको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter