१३ माघ २०८१

प्रदेश

सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

गलेश्वर, ३ कात्तिक  म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो । बेनी नगरपालिका–३ का वडाध्यक्ष...बाँकी अंश →


राष्ट्रपति भण्डारी जापान जाँदै

म्यान्मा, ३ कात्तिक  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ...बाँकी अंश →


रगत भण्डारणका लागि उपकरण सहयोग

गलकोट, ३ कात्तिक  रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ । बागलुङ...बाँकी अंश →


पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज, ३ कात्तिक  सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । पोखरीमा नुहाउन...बाँकी अंश →


साह अध्यक्षमा चयन

जनकपुरधाम, ३ कात्तिक  नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव हुनुहुन्छ । त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह...बाँकी अंश →


ताकमकोत पुनःनिर्माण

म्याग्दी, ३ कात्तिक  म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोत, जगन्नाथ–अन्नपूर्ण मन्दिर चन्दा सङ्कलनबाट पुनःनिर्माण भएको छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर पुनःनिर्माण भएको हो । १६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । कोतघर, अन्नपूर्ण–जगन्नाथ...बाँकी अंश →


बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बेझाड, पाल्पा, २९ असोज    ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ...बाँकी अंश →


लुम्बिनीमा कठिन दान उत्सव शुरु

रुपन्देही, २९ असोज  बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ । पोखराका दाता पान श्री गुरुङको सहयोगमा आयोजित...बाँकी अंश →


किसानलाई धान भित्र्याउने चटारो

धनगढी, २९ असोज    कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ...बाँकी अंश →


नेपाली समाजको विशेषतालाई ध्यानमा राख्नुपर्छ– पूर्वप्रम नेपाल

काठमाडौँ, २९ असोज    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि संसारको...बाँकी अंश →


सुनको मूल्य घट्यो

काठमाडौँ, २९ असोज  निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार...बाँकी अंश →


इलाममा केशरखेतीको परीक्षण सफल

फिक्कल, २९ असोज    प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती शुरु गरेको हो । भारतको कास्मिरबाट दुई मन केशरको बीउ ल्याएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter