१३ फागुन २०८१

प्रदेश

हेल्थ डेस्क हुँदा स्वास्थ्य परीक्षणमा सहज

भजनी, ५ कात्तिक    कैलालीको टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ । कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्कने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउन थालेपछि सरुवा रोगको सङ्क्रमणमा समेत कमी आउने विश्वासका साथ हेल्थ डेस्क...बाँकी अंश →


गाभर भ्यालीमा आन्तरिक पर्यटकको लर्को

राँझा, ५ कात्तिक  बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, बाँके,...बाँकी अंश →



विकासको केन्द्रमा पर्दैछ जाजरकोट

जाजरकोट, ३ कात्तिक  पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी...बाँकी अंश →


युवतीको विभत्स हत्या

भोजपुर, ३ कात्तिक  षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने...बाँकी अंश →


चाँदीको गरगहनासहित एक युवक पक्राउ

लहान, ३ कात्तिक  प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री...बाँकी अंश →


मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक  रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका...बाँकी अंश →


दश दिन बितिसक्दा पनि खुलेन भन्सार कार्यालय

फिक्कल, ३ कात्तिक    दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । कार्यालयदेखि...बाँकी अंश →


नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

कञ्चनपुर, ३ कात्तिक  सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी...बाँकी अंश →


तीनजना फरार अभियुक्त पक्राउ

गाईघाट, ३ कात्तिक  इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको...बाँकी अंश →


सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

सुर्खेत, ३ कात्तिक  सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन्...बाँकी अंश →


प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु

तुलसीपुर, ३ कात्तिक  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । पहिलो दिन प्रतिष्ठानबाट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter