११ माघ २०८१

प्रदेश

बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली

म्याग्दी, ७ कात्तिक    धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो ।...बाँकी अंश →


सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

बाजुरा, ७ कात्तिक  कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी...बाँकी अंश →


बेबारिसे बालक फेला, आफन्तको खोजी जारी

गलेश्वर, ७ कात्तिक    म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले...बाँकी अंश →


कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

पाल्पा, ७ कात्तिक  दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो ।...बाँकी अंश →


ट्रक दुर्घटनामा एकको मृत्यु

बैतडी, ७ कात्तिक  महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर...बाँकी अंश →


स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल

जाजरकोट, ७ कात्तिक    कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका...बाँकी अंश →


बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

काठमाडौँ, ७ कात्तिक    ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको...बाँकी अंश →


विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

काभ्रेपलाञ्चोक, ७ कात्तिक    प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । “विशेष...बाँकी अंश →


छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन

कैलाली, ७ कात्तिक  कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक...बाँकी अंश →


सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

    कपिलवस्तु, कृष्णनगर कार्तिक ६ कपिलवस्तुको आर्थिक राजधानि कृष्णनगरमा पहिलोपटक सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शार्दुल मिडिया प्रा. ली कपिलवस्तु द्वारा शिवगढी शन्देश साप्ताहिकको प्रकाशन तथा व्यवस्थापनको जिम्मेवारी लिए पछि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । सिमा क्षेत्र भएकोले स्भावैले...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौ पर्ने पटका र अबैध औषधी नष्ट

अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु कार्तिक ६ कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को...बाँकी अंश →


न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने

काठमाडौँ, ६ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter