कृष्णानगरमा विहीवार देखि जारी रहेको कर्फ्यू आज देखि हटाइएको छ। लक्ष्मी पूजाको विसर्जन गर्नेक्रममा उत्पन्न भएको विवाद लाई समाधान गर्न लगाइएको कर्फ्यू स्थिति सामान्य भए पछि आज मिति २०७६ कार्तिक१६ गते विहान ६ बजे देखि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले विज्ञप्ति मार्फ़त जानकारी गराएका हुन।बाँकी अंश →
बैतडी, ८ कात्तिक सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको...बाँकी अंश →
भक्तपुर, ८ कात्तिक उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ । खाद्य विभाग, खाद्य तथा...बाँकी अंश →
बलेवा, ८ कात्तिक भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन्...बाँकी अंश →
म्याग्दी, ८ कात्तिक भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्रीप्रसाद गर्बुजाले बताउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, ८ कात्तिक यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा...बाँकी अंश →
धनगढी, ८ कात्तिक सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । करको दर नभई दायरा...बाँकी अंश →
नेपालगञ्ज, ८ कात्तिक बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका...बाँकी अंश →
चितवन, ८ कात्तिक भरतपुर महानगरपालिकालाई यही कात्तिक ९ गते शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी घोषणाको तयारी गरेको बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका...बाँकी अंश →
सप्तरी, ८ कात्तिक एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास...बाँकी अंश →
पर्सा, ८ कात्तिक नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका...बाँकी अंश →
इलाम, ८ कात्तिक यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: