कृष्णनगर, कपिलवस्तु, जेष्ठ ११ रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण...बाँकी अंश →
१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । धागो कारखानाको...बाँकी अंश →
नेपालगञ्ज – बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो । विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए । संक्रमितलाई आइसोलेसनमा लगियो ।...बाँकी अंश →
काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →
मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १,...बाँकी अंश →
वैशाख ३०, कृष्णनगर कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइन मा बसेका व्यक्तिलाई १४४बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि...बाँकी अंश →
२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।...बाँकी अंश →
बैशाख २५, वीरगञ्ज– भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछिया भएर भारतबाट मानिसहरु नेपालमा छिर्न खोजेपछि सीमा तनावग्रस्त बनेको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रस्त भएको हो। सशस्त्र...बाँकी अंश →
काठमाडौं- कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको...बाँकी अंश →
कपिलवस्तु -विश्वव्यापी महामारी कोभिड १९ र लकडाउन ले गर्दा सृजना भयेको त्रास तथा भारत मा खुकिलो भयेको बन्दा बन्दी ले गर्दा सीमावर्ती गांव तथा कपिलवस्तु जिल्ला को स्थिति नै भयभीत हुंदैगयेको छ, आज मात्र सैकडों नेपिली हरू भारत बाट नेपाल प्रवेश गर्न खोजेको, कपिलवस्तु को मर्यादपुर नाका मा पनि ५०...बाँकी अंश →
बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। नेपालभर संक्रमितको संख्या ८२ भएको छ। नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।...बाँकी अंश →
नेपालगञ्ज बैशाख २२ – नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: