११ माघ २०८१

प्रदेश ३

समितिको अधिकारलाई सरकारले सम्मान गर्छ– गृहमन्त्री थापा

काठमाडौँ, २७ भदौ  गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदको जिज्ञासमा उहाँले विधेयकको परिमार्जन, संशोधन...बाँकी अंश →


मुसहर समुदाय सामूहिक खेतीतर्फ

गौशाला, २७ भदौ  महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् । प्रायः उक्त समुदाय अरुको खेतमा मजदूरी गरी कृषि मजदूरको पहिचानको अन्त्य गरी स्वाभिमानीको...बाँकी अंश →


पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

ललितपुर, २७ भदौ  वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुल्क चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९...बाँकी अंश →


हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

काठमाडौँ, २७ भदौ  पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५÷६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक अध्ययनमा सो अवधिमा ६५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन् । उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका...बाँकी अंश →


नागरिक समाजमा नाममा राजनीति नगर्न आग्रह

काठमाडौँ, २७ भदौ    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले सरकारले सार्वजनिक शिक्षा सवलीकरणको मुद्दालाई उच्च प्राथमिकता दिएको बदलिँदो परिस्थितिमा नागरिक समाजको भूमिका परम्परागतभन्दा फरक...बाँकी अंश →


पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

काठमाडौँ, २७ भदौ    राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने...बाँकी अंश →


दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

काठमाडौँ, २७ भदौ  सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर...बाँकी अंश →


श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

गौशाला, २७ भदौ  श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका...बाँकी अंश →


झोलुङ्गे पुल निर्माण

म्याग्दी, २७ भदौ  अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने ११५ मिटर लामो सो पुल रु ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २०० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताउनुभयो । पुल...बाँकी अंश →


मनकामना केबलकार सञ्चालन

मुग्लिन, २७ भदौ  मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि...बाँकी अंश →


मानसरोवर कैलाश यात्रु हेलिकप्टरबाट

रसुवा, २७ भदौ  रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन्...बाँकी अंश →


सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौँडा, २७ भदौ    भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter