११ माघ २०८१

प्रदेश ३

पुराना प्रविधिका साधन लोप हुने अवस्थामा

गलेश्वर, २९ भदौ  परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । रैथाने सीप र प्रविधिको...बाँकी अंश →


अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

हेटौँडा २९ भदौ  जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ...बाँकी अंश →


लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

भक्तपुर, २९ भदौ  गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो...बाँकी अंश →


डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

काभ्रेपलाञ्चोक, २९ भदौ  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग...बाँकी अंश →


पासाङल्हामु राजमार्ग मर्मत शुरू

रसुवा, २९ भदौ  पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

चितवन, २९ भदौ  पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई...बाँकी अंश →


हनुमन्ते सफाइ अभियानको ८१ हप्ता, दुई टन फोहर व्यवस्थापन

भक्तपुर, २९ भदौ  हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ । अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले...बाँकी अंश →


निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

बुटवल, २९ भदौ  लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक...बाँकी अंश →


प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

हेटौँडा, २७ भदौ    सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको...बाँकी अंश →


नागरिक समाजमा नाममा राजनीति नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, २७ भदौ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग आज सिंहदरबारमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक शिक्षा सबलीकरणको विषयलाई उच्च प्राथमिकता दिएको बदलिँदो परिस्थितिमा नागरिक समाजको भूमिका परम्परागतभन्दा फरक...बाँकी अंश →


माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

काठमाडौँ, २७ भदौ  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ । विभिन्न १० राजनीतिक दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले रु ७० अर्बमा पूरा हुने परियोजना लागत खर्च दोब्बरभन्दा बढी बढाएर रु एक खर्ब ६४ अर्ब पु¥याएकोमा आपत्ति जनाउनुभयो...बाँकी अंश →


सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी

चरिकोट, २७ भदौ  लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोड्ने एक मात्र सडक लामोसाँघु–चरिकोट सडकखण्ड ठेकेदारले समयमा काम नगर्दा पर्यटकको सङ्ख्यामा कमी आएको हो । राजधानी काठमाडाँैबाट नजिकै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter