१० माघ २०८१

प्रदेश ३

सागका लागि समिति गठन

काठमाडौँ, १० असोज  नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,...बाँकी अंश →


मधेशी आयोग सङ्ग युवाहरुको अन्तरक्रिया सम्पन्न

केयरखबर,असोज ९ विहीवार आज मधेशी आयोगले युवा हरू सङ्ग मधेश र मधेशी आयोग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोगको सभाहालमा आयोजित कार्यक्रममा युवाहरुले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र शैक्षिक क्षेत्रको समस्या बारे चिन्ता व्यक्त गरेका थिए। साथै मधेशी आयोगलाई समस्या समाधान गर्न जरूरी रहेको प्रति जोड़ दिएका...बाँकी अंश →


‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’

काठमाडौँ, ९ असोज    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य...बाँकी अंश →


भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

काठमाडौँ, ९ असोज  नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा...बाँकी अंश →


दशैँसम्मै वर्षा हुने

काठमाडौँ, ९ असोज  यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण...बाँकी अंश →


सवारी साधनलाई जनचेतनामूलक सामग्री

काठमाडौँ, ९ असोज  संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा एक...बाँकी अंश →


बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

काठमाडौँ, ९ असोज  कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा...बाँकी अंश →


लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ असोज  प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री...बाँकी अंश →


उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्यो ः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, ९ असोज    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताउनुभएको छ । क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले...बाँकी अंश →


मेगा बैंकले लाभांश दिने

काठमाडौँ, ९ असोज  मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन...बाँकी अंश →


५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौँ, ९ असोज  तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ...बाँकी अंश →


आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

काठमाडौँ, ९ असोज  अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter