१० माघ २०८१

प्रदेश ३

राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

काठमाडौँ, २८ असोज    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो ।...बाँकी अंश →


महिला भलिबल टोलीको बिदाइ

काठमाडौँ, २८ असोज  नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ । सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा...बाँकी अंश →


मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

काठमाडौँ, २८ असोज  नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा...बाँकी अंश →


कोषमा करीब ८० हजार श्रमिक आबद्ध

काठमाडौँ, २८ असोज  सामाजिक सुरक्षा कोषमा करीब ८० हजार श्रमिक आबद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६५५ श्रमिकलाई दर्ता गरिएको छ । कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले...बाँकी अंश →


भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री

काठमाडौँ, २८ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज यहाँ उद्घाटन...बाँकी अंश →


अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार प्राडा लुइँटेललाई

काठमाडौँ, २८ असोज  यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ ।तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा डा लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि...बाँकी अंश →


इको टुरिजम उद्यान सञ्चालनमा

भरतपुर,२८ असोज  पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार उद्यान शिलान्यास गर्नुभएको हो ।वनको आयआर्जनका लागि रु पाँच करोडको लागमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण...बाँकी अंश →


आफ्ना बस्ती सफा–सुन्दर बनाइराख्न आग्रह

काभ्रेपलाञ्चोक, २८ असोज  स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न...बाँकी अंश →


भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए

बेत्रावती, २८ असोज  नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन...बाँकी अंश →


शीतभण्डार निर्माण

मुग्लिन, २८ असोज  चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका–४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा उक्त कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार...बाँकी अंश →


वैकल्पिक सडक अनुगमन

भक्तपुर, २८ असोज  मध्यपुरथिमि अस्पतालबाट खरिबोट हँुदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उहाँसहितको टोलीले अनुगमनसमेत गरेको...बाँकी अंश →


साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २५ असोज,, भक्तपुर नगरपालिका–२ नःपुखुमा दुई दिनसम्म सञ्चालन भएको ३९औँ नेपाल भाषा साहित्य तःमुंज्या अर्थात् बृहत साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांस्कृतिक गुरूहरूमध्ये दाफा भजनका गुरू गोपसिं बोय्जू, खिंबाजाका गुरू हरिभक्त सुवाल, बाँसुरी बाजाका गुरू...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter