०२ चैत २०८१

प्रदेश ३

मोनोरेलको डिपिआरका लागि सम्झौता

काठमाडौँ, ४ पुस,, काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख...बाँकी अंश →


नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा

काठमाडौँ, ४ पुस,,  भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गर्नुभयो ।...बाँकी अंश →


फुटबल–पुलिस र ब्रिगेड ब्वाइजको खेल बराबरी

काठमाडौँ, ४ पुस,,  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस...बाँकी अंश →


चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने

चितवन, ४, पुस,,  यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा...बाँकी अंश →


रेशम खेती सङ्कटमा

बनेपा, ४ पुस,,  विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती सङ्कटमा परेको छ । भूकम्पले क्षति पु¥याएपछि केन्द्रको मुख्य कार्यालयको भवनबाहेक अरु सबै बस्न नमिल्ने गरी जीर्ण बनेको कार्यालयका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । भवन...बाँकी अंश →


माडीको विकासमा निकुञ्ज ऐन बाधक

भरतपुर, ४ पुस,,  चितवनको दुर्गम मानिने माडी क्षेत्रको विकासमा राष्ट्रिय निकुञ्ज तथा वन्युजन्तु संरक्षण ऐन २०२९ निकुञ्ज ऐन नै बाधक बनेको सरोकारवालाहरु बताउँछन् । ऐनमा रहेका अनेक प्रावधानका कारण ठेक्का सम्झौता भएका र बजेट विनियोजन भएर ठेक्काको प्रक्रियामा रहेका दर्जन बढी विकास योजनाहरु अलपत्र परेका छन् । दुई वर्षका लागि...बाँकी अंश →


सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौँ,४ पुस,,  काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...बाँकी अंश →


काँग्रेसका मुस्लिम नेताहरू अलमलमा….. ( मुन्ना समसुल हक़ )

काठमाडाैंमा नेपाली काँग्रेसकाे महासमिति मेलामा अाज दिउँसाे मुस्लिम संघ नेपालको अध्यक्ष अब्दुल सत्तारले पालाे लिएर बाेल्नुभयाे । रूपमा गहकिलाे बाेले जस्तै देखिए पनिसारमा उहाँले दाेहाेराे अर्थ लाग्ने गरी दबिएर बाेल्नु भयाे ।स्पेसखबर डटकममा अपडेट भएकाे समाचारमा उहाँका भनाइहरू उध्दृत गरिएका छन् । “कांग्रेसको चारतारे झण्डाको एउटाताराले धार्मिक स्वतन्त्रताको व्याख्या गर्ने भएकोले त्यसबाट पछाडि हट्न हुँदैन ।"धार्मिक स्वतन्त्रताबाट पछाडि हटेर के कांग्रेसले आफ्नो झण्डाको एउटा तारा हटाउन सक्छ ? त्यसोगर्नु भनेको वीपीको सिद्धान्त छाड्नु हाे।" सत्तार साहब ! विचारमा डग्मगिनु भयाे हजुर धर्मनिरपेक्षताकाे बिरूध्दमा काँग्रेसभित्र अावाज उठाउनेहरूमा स्व. खुमबहादुर खडका, गगन थापा (कहिलेकाहिँ), बीपीपुत्र शेखर काेइराला, सशांककाेइराला र शङ्कर भण्डारीहरू नै हुन् । अस्तिदेखि पस्किएकाे "सनातन वैदिक हिन्दू राष्ट्र" प्रणालीले धार्मिक स्वतन्त्रतालाई राेक्द‌ैन । उनीहरूकाे हिन्दू  राष्ट्रमा धार्मिक स्वतन्त्रताबिद्यमान रहनेछ ।  धार्मिक स्वतन्त्रता त नेपाल हिन्दू राष्ट्र रहेकाे बखतमा पनि थियाे । धार्मिक स्वतन्त्रता मात्र चाहिएकाे थियाे भने धर्मनिरपेक्षतासहितकाे संविधानमा काँग्रेसकासभासद्हरूले किन दस्तखत गरे त? सत्तार सर, हजुरले अाफ्नाे भनाइ राख्ने क्रममा धर्मनिरपेक्षताकाे डिफेन्स गरेकाे देखिएन । धार्मिक यस्वतन्त्रता भए पुग्ने शैलीमा दबिएरबाेल्नुभयाे । यसले त शंकर भण्डारी र कमल थापासम्मलाई समर्थन गरेकाे प्रतीतहुन्छ । धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र ल्याउने विषयले बजार पाएकाे हाे महासमिति ब‌ैठकमा ।धार्मिक स्वतन्त्रताकाे बिरूध्दमा कुरा उठेकाे भए हजुरकाे मन्तव्य ठीक हुन सक्थ्याे । धर्मनिरपेक्षताकाे वकालतमा तपाईं काँग्रेसका मुस्लिम नेताहरूलाई बाेल्न किन डर लाग्याे ? किन कमाउनुहुन्छ खुट्टा ? बिमलेन्द्र निधि र कृष्णप्रसाद सिटाैलाकाे जस्ताे फरक मतराख्न केले राेक्दाे रहेछ मुस्लिम लीडरहरूलाई ? धार्मिक स्वतन्त्रता धर्मनिरपेक्षतामा हुन्छ । र, याे हिन्दू राष्ट्रमा पनि सम्भव थियाे र छ ।धार्मिक तथा सामुदायिक  विविधतालेभरिपूर्ण नेपाललाई चाहिएकाे धर्मनरिपेक्षता हाे जहाँ राज्यकाे कुनै धर्म न हाेस् । धर्म त व्यक्तिकाे हुन्छ । धर्मनिरपेक्षताभित्र स्वत: धार्मिक स्वतन्त्रता त छँदैछ नि । कमसेकम १००जना महासमिति सदस्य मुस्लिम हुनुहुन्छ हाेला । हिन्दू । राष्ट्रकाे पक्षमा बाेल्नुभयाे । धार्मिक स्वतन्त्रता जसकाे बारेमा बाेल्नुकाे कुनै अाैचित्य थिएन, बाेल्नुभयाे । तर, बिडम्बनाधर्मनिरपेक्षताकाे पक्षमा एकजनाले पनि बाेल्ने साहस गर्नुभएन। याेभन्दा राम्राे शंकर भण्डारीकाे "सनातन वैदिक हिन्दू राष्ट्र" माथि एकमुष्ठ दस्तखत गरिदिनुस् । यतिगरिदिनुभयाे भने तपाईंका नेताहरूकाे हाैसला बढेर स्यावासी पनि पाउन सक्नुहुन्छ । धन्यवाद,बाँकी अंश →


प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल

भरतपुर, ४ पुस,,  प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले...बाँकी अंश →


हुर्काइएका बाह्र गिद्ध छाडिने

चितवन, ४ पुस,,  चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत...बाँकी अंश →


युवाको रोजाइमा बालाजु बाइसधारा

काठमाडौँ, ४ पुस,,  पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ । नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न...बाँकी अंश →


ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ३ पुस,,  स्लोभानियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदीले त्यहाँका राष्ट्रपति बोरुट परहोरसमक्ष सोमबार लुब्जाना राजप्रसादमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा राजदूत सुवेदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति बोरुटमा शुभकामना व्यक्त गर्नुभयो । स्लोभानियाका राष्ट्रपतिले दुई देशबीचको सुमधुर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter