२१ माघ २०८१

प्रदेश ३

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ४ माघ  ,,   इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो...बाँकी अंश →


काङ्ग्रेस नेता रेग्मीको निधन

काठमाडौँ, ४ माघ ९  ,,   नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो...बाँकी अंश →


निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

काठमाडौं, ४ माघ  ,,  स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ । सेवा...बाँकी अंश →


एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ  ,,   चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ । कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा...बाँकी अंश →


अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

रत्ननगर, ४ माघ  ,,  नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम...बाँकी अंश →


तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ ,,  चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले...बाँकी अंश →


प्रजातान्त्रिक सेनानी रावलको निधन

काठमाडौँ, ३ माघ  ,,   नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रजातन्त्र सेनानी एवं नेता रावलको गत पुस ३० गते ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रावलको पत्नी, दुई छोरा...बाँकी अंश →


शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौँ, ३ माघ  ,,  धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक...बाँकी अंश →


प्रस्तावित राजदूतको नाम अनुमोदित

काठमाडौँ, ३ माघ  ,,   प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र...बाँकी अंश →


माघ १० गते मकवानपुरगढी विजयोत्सव

हेटौँडा, ३ माघ  ,,   यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको...बाँकी अंश →


वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ, ३ माघ ,,  काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ । विभागले सरोकार भएका सबै पक्षको...बाँकी अंश →


फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

काठमाडौँ, ३ माघ  ,,  दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । ती निकायबीच एकापसमा कुनै समन्वय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter