राजविराज, ३० भदौ सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →
सुरुङ्गा, ३० भदौ दक्षिणी इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका जोड्ने सडक खण्डको सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि उत्तरी झापा र दक्षिणी इलामका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । अर्जुनधारा नगरपालिका–१ सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि अर्जुनधारा–१ र २ सँगै इलामको दक्षिणी भेगमा पर्ने रोङ...बाँकी अंश →
सुरुङ्गा, ३० भदौ तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न...बाँकी अंश →
सप्तरी, ३० भदौ सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ...बाँकी अंश →
महोत्तरी, २९ भदौ मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर...बाँकी अंश →
राजापुर, २७ भदौ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।...बाँकी अंश →
जलेश्वर, २७ भदौ महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो...बाँकी अंश →
जलेश्वर, २७ भदौ महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा...बाँकी अंश →
सुरुङ्गा, २१ भदौ झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता...बाँकी अंश →
धनुषा, २६ भदौ प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा ! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन् । अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार साइकल वितरण गर्ने कार्यक्रममा व्यस्त देखिन्छ । लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेर...बाँकी अंश →
महोत्तरी, २६ भदौ प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म...बाँकी अंश →
जलेश्वर, २६ भदौ महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: