सप्तरी, २९ असोज सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।...बाँकी अंश →
लहान, २८ असोज विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो...बाँकी अंश →
महोत्तरी, २८ असोज दशैँपर्व कसैगरी टारेका महोत्तरी जिल्लाका कुमाल (माटाका भाडा बनाउने जाति समुदाय विशेष) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । लगातार परेका मुख्य चाडवाडको खर्च जुटाउन कुमालेको व्यस्तता अहिले बढेको छ । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने...बाँकी अंश →
सुरुङ्ग, १६ असोज विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन...बाँकी अंश →
लहान, १६ असोज भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका...बाँकी अंश →
सर्लाही, १३ असोज विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८...बाँकी अंश →
लहान, १३ असोज विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर...बाँकी अंश →
राजविराज, १२ असोज नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ । विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको श्री कङ्कालनी भगवती मन्दिरमा भक्तजनको भीड लाग्न शुरु भएको छ ।...बाँकी अंश →
जलेश्वर, १२ असोज बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका...बाँकी अंश →
सप्तरी, १२ असोज मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी हुनुभएको छ । राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताउनुभयो । परिषद् उपाध्यक्षमा...बाँकी अंश →
लहान, १० असोज प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ । धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गर्नुभएको हो ।...बाँकी अंश →
लहान, ९ असोज घरको काममा सीमित रहँदै आउनुभएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजीकैको चौकमा जनरल स्टोर्स सञ्चालन गर्न थाल्नुभएको छ । गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराउनुभएकी सरिता यतिबेला असल गृहणीसँगै सफल व्यापारी पनि बन्ने अभियान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: