१० माघ २०८१

प्रदेश २

ऋण तिर्न विदेशिएका गर्भुको शव आउँदा परिवारको विलाप

बर्दिवास, १० साउन (रासस) ः विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर...बाँकी अंश →


रु दुई अर्बभन्दा बढी सिमेन्ट बिक्री

गाईघाट, उदयपुर, ९ साउन (रासस) ः नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार...बाँकी अंश →


सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ ः सभामुख महरा

नेपालगञ्ज, ८ साउन (रासस) ः संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” सभामुख महराको थप...बाँकी अंश →


राजपाले छान्यो तीन राज्यमन्त्री

महेन्द्रनगर, धनुषा, ८ साउन (रासस) ः राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुनुहुन्छ । प्रदेश नं २ मा सरकार...बाँकी अंश →


साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

महेन्द्रनगर, धनुषा, ७ साउन ९रासस० ः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।...बाँकी अंश →


डिएपी मलको अभाव

लहान, ७ साउन (रासस) ः किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि...बाँकी अंश →


राजपाद्वारा प्रदर्शन र चक्काजाम

राजविराज, ४ साउन (रासस) ः मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आज यहाँ प्रदर्शन र चक्का जाम गरी विरोध प्रदर्शन गरिएको छ । राजविराज नगरपालिका–९ मलेठस्थित घटनास्थलमै पुगेर राजपा नेपाल सप्तरी र राजपा नेपाल युवा विद्यार्थी समितिका नेता÷कार्यकर्ताले आज एक घण्टा चक्का जाम गर्दै राजविराज बजारमा...बाँकी अंश →


महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै

बर्दिवास, ४ साउन (रासस) ः महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५ मा लागूऔषध दुव्र्यसनसम्बन्धी ४५ मुद्दा दर्ता गरिएका छन् । यसअघि आव २०७३÷०७४ र २०७२÷२०७३ मा क्रमशः...बाँकी अंश →


आलमका निधनमा शोक प्रस्ताव

काठमाडौँ, १ साउन (रासस) ः राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार...बाँकी अंश →


विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

लहान, १ साउन (रासस) ः विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४÷७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै...बाँकी अंश →


प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

– वीरेन्द्र कर्ण वीरगञ्ज, १ साउन (रासस) ः प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हँुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै...बाँकी अंश →


आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार (रासस) ः महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter