१० माघ २०८१

प्रदेश २

कृषि ज्ञान केन्द्र स्थापना

सप्तरी, १८ असोज,,  कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो । साविकको जिल्ला कृषि...बाँकी अंश →


दलित विद्यार्थी निष्काशित

बर्दिवास, १७ असोज,,  महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको...बाँकी अंश →


संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

सप्तरी, १७ असोज,,   राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा...बाँकी अंश →


औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी, १६ असोज ,,   महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै...बाँकी अंश →


मितेरी पुल जीर्ण बन्दै

वीरगञ्ज, १६ असोज ,,   वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल जीर्ण बन्दै गएपछि यसको भविष्य नै अनिश्चित भएको छ । करीब १५ वर्षको लामो इतिहास बोकेका सो पुलको बीच भागमा ठाउँठाउँमा प्वाल परी जीर्ण हँुदै गएपछि यसको भविष्य अनिश्चित भएको हो । पचास वर्षको लाइफ रहेको भनिएको सो पुलको मर्मतका लागि बेलाबखत...बाँकी अंश →


झाडापखालासम्बन्धी सचेतना अभियान

गौशाला, १६ असोज,,   जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका...बाँकी अंश →


दुर्गन्धित पानी पिउन बाध्य छन, बाढीपीडित

राजविराज, १६ असोज,,   सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् । घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट...बाँकी अंश →


‘निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक’

बर्दिवास, १६ असोज,,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बताउनुभयो । शिक्षा विधेयक पारित...बाँकी अंश →


विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

महेन्द्रनगर धनुषा, १५ असोज ,,   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण...बाँकी अंश →


पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो

जनकपुरधाम, १३ असोज ,,   भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।” भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२...बाँकी अंश →


सहकारीको रकम लुटपाटमा संलग्न सात पक्राउ

लहान, १३ असोज ,,  हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter