११ माघ २०८१

प्रदेश २

लागूऔषधसहित पाँच पक्राउ

लहान, २२ असोज ,,   सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर...बाँकी अंश →


शरीरमा आगो लगाउँदा महिलाको मृत्यु

राजविराज, २२ असोज,,   सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो...बाँकी अंश →


शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

राजविराज, २१ असोज ,,   सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो...बाँकी अंश →


शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान, २१ असोज ,,   लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक...बाँकी अंश →


क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी, १९ असोज ,,   क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज...बाँकी अंश →


आन्दोलनले स्थानीय तह ठप्प

बर्दिवास, १९ असोज ,,  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख...बाँकी अंश →


पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

बर्दिवास, १९ असोज ,,   “हमहुँ रहिती स्कुल में पढैत, त एहने कपडा भेटित” (म विद्यालयमा पढिरहेको भए मैले पनि पोशाक पाउने थिएँ) महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनर्वाको मुसहर बस्तीकी १३ वर्षीया किशोरी कल्पना माझी (मुसहर)ले अध्याँरो मन पार्दै भनिन् । आफ्नै बस्तीको राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा पढ्ने आफ्नै उमेरका अरु...बाँकी अंश →


जनताको भावनाअनुसार काम हुनुपर्छ ः अध्यक्ष यादव

राजविराज, १८ असोज ,,   राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको...बाँकी अंश →


लुटिएको नगद र मोटरसाइकल बरामद

लहान, १८ असोज ,,   सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ । सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार÷पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर...बाँकी अंश →


चिनी गोदाममै थन्कियो

वीरगञ्ज, १८ असोज ,,   सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ...बाँकी अंश →


कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

लहान, १८ असोज,,   मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ । नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित...बाँकी अंश →


अपराधी चाँडै पक्राउ हुने

सप्तरी, १८ असोज ,,   स् सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो । घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter