११ माघ २०८१

प्रदेश २

मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

धनुषा, ३० असोज ,,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई...बाँकी अंश →


योग मानवजीवनका लागि अपरिहार्य,, मन्त्री पोखरेल

महोत्तरी, ३० असोज,,     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताउनुभएको छ । बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।” मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो...बाँकी अंश →


लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला, ३० असोज ,,    प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको...बाँकी अंश →


राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज ,,   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ...बाँकी अंश →


प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने

महोत्तरी, २८ असोज,, : स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताउनुभएको छ । महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका...बाँकी अंश →


सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी

वीरगञ्ज, २८ असोज ,,   साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् । हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट...बाँकी अंश →


मुस्लिम बिरोधी भनेर मेरो चरित्र हत्या गरियो । सांसद जगत यादव

प्रदेश नम्बर दुईको संसद जगत यादवले आज एक भिडियो जारी गर्दै आफू लाई मुस्लिम बिरोधीको रुपमा समाजिक संजालमा मिडियाले चरित्र हत्या गरेको अभिब्ययक्ति जारी गरेका छ। उनले भने नेपालमा एउटा गौरवपूर्ण इतिहास बोकेका मुस्लिम समुदाय राज्य बाट पीड़ित रहेको समुदायको हो ।राज्यले समान दृष्टिकोणले मुस्लिमलाई हेर्नु पर्ने जिकिर गर्दै भने...बाँकी अंश →


बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, २८ असोज,,   धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले...बाँकी अंश →


चार बालिका घाइते, एकको अवस्था गम्भीर

गौशाला, २५ असोज ,,   महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव...बाँकी अंश →


पोखरीमा डुबेर बालकको मृत्यु

लहान, २३ असोज,,   पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । –––बाँकी अंश →


रेल चल्ने कुराले बढायो उत्साह

बर्दिवास, २३ असोज,,   आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन् । भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको...बाँकी अंश →


डुम बालबालिका विद्यालय जान थाले

लहान, २३ असोज ,,   घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका थिए ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter