११ माघ २०८१

प्रदेश २

वडाध्यक्षमाथि आक्रमण

सर्लाही, १३ कात्तिक ,,   रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ...बाँकी अंश →


तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै

बर्दिवास, १२ कात्तिक,,   तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने...बाँकी अंश →


किशोरको मृत्यु

गौशाला, ११ कात्तिक,,   महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर...बाँकी अंश →


घाइते वृद्धाको मृत्यु

सप्तरी, ११ कात्तिक,,   कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला...बाँकी अंश →


खानेपानीको समस्या

राजविराज, ११ कात्तिक,,   सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको...बाँकी अंश →


शौचालय बनेपछि मुखिया टोल

लहान, ९ कात्तिक ,,   सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन्ने तयारीमा छ । यसअघि बाँसघारी, झाडी र...बाँकी अंश →


बजारमा माटाका भाँडा

बर्दिवास, ९ कात्तिक ,,   कात्तिक कृष्णपक्ष शुरु भएसँगै महोत्तरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को)सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो ।...बाँकी अंश →


ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ४ कात्तिक ,,   भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा...बाँकी अंश →


कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक ,,   सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि...बाँकी अंश →


बालुवासँग भविष्य साट्दै कलिला वालवालिका

महोत्तरी, कातिक १ ,   महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन् । घरबाट नजिकै विद्यालय रहेकाले रुकसना खातुन साथीसँग नियमितरुपमा विद्यालयमा पढनका लागि जाने गर्छिन । विद्यालयबाट फर्किएपछि अन्य साथी खेल्नमा व्यस्त रहेको समयमा...बाँकी अंश →


पाठ्यक्रममै योग शिक्षा राखिने ,, मन्त्री पोखरेल

बर्दिवास, ३१ असोज ,,   महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको फुललपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री पोखरेलले योगले शरीरमात्र...बाँकी अंश →


नेपाल–भारत सम्बन्ध प्रगाढ छ,, मन्त्री महासेठ

धनुषा, ३१ असोज ,,   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुग्नुभएका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter