बर्दिवास, २५ कात्तिक,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताउनुभएको छ । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने...बाँकी अंश →
धनुषा, २४ कात्तिक,, यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताउनुभयो । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५...बाँकी अंश →
महोत्तरी, २३ कात्तिक ,, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती,...बाँकी अंश →
लहान, २० कात्तिक,, प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो । यस्तै सशस्त्र प्रहरीको...बाँकी अंश →
राजविराज, १९ कात्तिक ,, खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा (धिरु)ले बताउनुभयो । साविकको रुपनगर वडा नं...बाँकी अंश →
एस टुगेदर वे क्यानको आयोजनामा कार्तिक १८ गते जनकपुरमा उप-महानगरपालिको देवपुरामा सूचना को हक़ सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद रामचन्द्र मण्डलले संविधानले दिएको सूचना को हक़ सम्बन्धी अधिकार लाई सदुपयोग गरि सुशासन सहितको पारदर्शी र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सहभागी सबैलाई...बाँकी अंश →
लहान, १८ कात्तिक,, पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा...बाँकी अंश →
बर्दिवास, १५ कात्तिक,, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको...बाँकी अंश →
बर्दिवास, १४ कात्तिक,, तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका लागि यो अतिरिक्त...बाँकी अंश →
धनुषा, १३ कात्तिक,, पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा चुरे संरक्षण’ अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपालको प्रथम तथा पूर्व राष्ट्रपति...बाँकी अंश →
सर्लाही, १३ कात्तिक ,, रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि...बाँकी अंश →
सर्लाही, मलगङ्वा, १३ कात्तिक,, घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: